विश्व आर्थिक वृद्धिदर २.४ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व आर्थिक वृद्धिदर २.४ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


काठमाडौं,

विश्व बैँकको २०२४ को ‘ग्लोबल इकनोमिक प्रोस्पेक्ट्स’ रिपोर्टले विश्व अर्थव्यवस्थाको गति ३० वर्षयताकै सबैभन्दा न्यून दरले वृद्धि हुने प्रक्षेपण गरेको छ । जसमा केवल २.४ प्रतिशत जीडीपी वृद्धि हुने अनुमान गरिएको छ। रिपोर्टका अनुसार, विश्वव्यापी मन्दीको जोखिम कम भएको छ ।

अमेरिकी अर्थव्यवस्थाको शक्तिले महत्वपूर्ण भूमिका खेलेको छ। तथापि, अहिलेको अवस्था आगामी दिनहरुमा धेरै विकासशील देशहरूका लागि अन्धकारमय रहेको छ । जसमा प्रमुख कारकहरूमा न्युन वृद्धि, घट्दो निर्यात र दशककै सबैभन्दा कडा मौद्रिक नीतिहरू छन्। विकासशील अर्थ व्यवस्थाहरूको वृद्धिदर केवल ३.९ प्रतिशत मात्र रहने अनुमान छ । जुन गत दशकको औसतभन्दा एक प्रतिशत अंक कम हो। निम्न आय भएका देशहरूको वृद्धि दर पनि निराशाजनक रहेको छ । जसमा केवल ५.५ प्रतिशत वृद्धि हुनेछ । जुन यसअघि अपेक्षा गरिएकोभन्दा कमजोर रहेको छ।