सामान्यत; वारेन बफेट प्रविधीका क्षेत्रमा लगानी गर्न उत्साही व्यापारी होइनन् । यस अर्थमा उनी प्रविधिका फाँटलाइ वेवास्ता नै गर्छन् भन्ने पनि गलत अर्थ हुनजान्छ ।
गएको मे महिनामा अमेरीकाको ‘बर्कशायर हाथवे’मा भएको एक समारोहकाबीच उनले हाल चर्चामा रहेको आर्टीफिसियल इर्न्टलीजेन्स्) को सम्बन्धमा वैज्ञानिक अल्बर्ट आइन्सटाइनको आणवीक बम सम्बन्धी भनाइलाइ सम्झदै भने, “यसले मानव सोच र व्यवहारलाई परार्वतन बाहेक संसारका सम्पूर्ण कामहरु गर्ने क्षमता राख्छ ।”
यस अर्थमा, उनमा कृतिम बुद्धिमत्तालाई लिएर केही संकोच या शंका उत्पन्न भएको हुनसक्छ । वफेट भन्छन्,जब सबै काम प्रवधिले गर्छभने मलाई चिन्ता छ हामी यसलाई पुनः विस्थापन गर्न नसक्ने अवस्थामा पुग्नेछौं । यद्यपी उनको लगानी रहेको कम्पनी बर्कशायरले प्राविधिका केही क्षेत्रमा लगानी गर्छ । त्यसमध्ये ‘एप्पल स्टक’ वफेटको सबैभन्दा प्रिय निक्षेप क्षेत्र हो ।
एप्पल बर्कशायरले लगानी गरेको मध्येकै उत्कृष्ट व्यवसाय
प्रविधिको क्षेत्रमा एकछत्र राज गरेको एप्पलमा बर्कशायर कम्पनीको झण्डै आधा लगानी हिस्सा रहेको छ । त्यसैको आधारमा लगानीकर्ताको उक्त सभालाई सम्बोधन गर्दै उनले भने, यो हामीले लगानी गरेको मध्येकै उत्कृष्ट व्यवसाय हो । यसबाट उनको आइफोन निर्माता प्रतिको झुकाव प्रष्ट हुन आउँछ ।
यसबाट उनमा एप्पलको अझै केही प्रतिशत हिस्सा ओगट्ने लालसा रहेकोे बुझ्न सकिन्छ । बर्कशायरले हाल एप्पलको ५.९ प्रतिशत बजार हिस्सा ओगटेको छ र बजारबाट एप्पलका व्यवस्थापकले पुनः खरिद गरिरहदाँ आफ्नो हिस्सेदारीको मूल्य बढिरहेको बारे ध्यानाकर्षण गरे । त्यससँगै २०२० मा कर प्रकरण मिलाउन आफूरहरुले गरेको निर्णय गलत भएको उनको जिकिर छ । तथ्याङ्कलाई हेर्दा उनी सहि छन् । सन् २०२० यता एप्पलको बजार मूल्यमा ४७ प्रतिशतको उच्च विृद्धीदर देख्न सकिन्छ ।
बर्कशायरको पूर्ण स्वामित्व रहेका अन्य व्यवसायहरु जस्तै जिइआइसीको वा बीएनएसफ रेलवे भन्दा एप्पल उत्कृष्ट हुनुको कारण के होला ? एप्पलले उत्पादन गरेको वस्तु तथा सेवाको बजार माग, जुन वर्तमान उपभोक्तारुको माँझमा स्थापित एक अभिन्न सत्य होस् । “मेरो मतलब, हामीसँग त्यस्तो अरु केही छैन जसको पूर्ण स्वामित्व हामीमाझ रहेको होस् र त्यसलाई कैयन उपभोक्ताले उत्तिकै रुचाएका हुन् ।” आइफोनलाई उदृत गर्दै वारेनले भने ।
एउटा यस्तो आविष्कार जसले संसारमा युगान्तकारी परिवर्तन लिएर आयो । र, विश्वबजारमा एप्पलको स्थान अन्य बहुसंख्यक मोबाइल फोन उत्पादक कम्पनीहरुको भन्दा निक्कै बलियो र भरपर्दो रहेको छ । विश्वभर बिक्री हुँदै आइरहेको फोनको बजार हिस्सामा आइफोनको मार्केट २० प्रतिशत भन्दा कम रहेको भए पनि अन्यको तुलनामा यो निक्कै उच्च हो । र, प्रयोगर्कताले अन्य फोनको तुलनामा आइफोन ज्यादा समय प्रयोग गर्ने हुँदा यसको उयपभोक्ता माझको उपस्थितीलाई ३० प्रतिशतको आसपास लिदाँ फरक पर्दैन, अमेरीकामा मात्र त्यसको ५८ प्रतिशत हिस्सा रहेको छ ।
प्रयोगर्कताहरुमाझ रहेको लोकप्रियता र आफ्नो उत्कृष्ट ब्राण्ड छवि कारण बजारमा जमाएको आधिपत्यको ताज यस उपरान्त सुरक्षित छैन । एप्पलको मापदण्डको प्रयोग अन्य कम्पनीहरुले पनि पछ्याउँदै गै रहेको अवस्थामा अबको यात्रा एप्पलका लागि पनि उत्तिकै कठिन हुने देखिन्छ ।
एप्पल हेर्दा उपभोग्य सामान उत्पादक तर वास्तवमा AI कम्पनी
वारेनको दृष्टिमा एप्पल एक उपभोग्य सामान उत्पादक कम्पनी हो । कम्पनीको सामानहरुमा उल्लेख मात्रामा प्रविधिको प्रयोग भएको भएतापनि त्यसले आफूलाई प्रविधि बिक्रेताको रुपमा स्वीकार्न चाहदैन । यद्यपी एप्पलले प्राविधिक तीक्ष्णता वा कृतिम बुद्धिमत्ताको क्षेत्रमा गरिहरेको लगानीलाइ निवेशकर्ताहरुले नकार्ने ठाउँ छैन । जसले दीर्घकालमा कम्पनीलाई नै फाइदा पुग्ने देखिन्छ ।
कम्पनीका सिईओ टिम कुकका अनुसार कम्पनीले एआईलाई सम्बोधन गर्न अत्याधिक लगानी गरिरहेको बताए । गत अक्टोबर महिनामा ब्लुमबर्गले प्रकाशित गरेको रिपोर्ट अनुसार, एप्पलले वार्षिक १ लाख बिलियिन अमेरिकि डलरको लगानी गर्ने उद्देश्य सहित च्याट बटको निर्माण गर्दैछ । बहुसंख्यक कम्पनीहरुको दाँजोमा यो निक्कै ठूलो हो ।
यी सबै परिघटनाहरुको मुख्य कारकत्व एप्पलले आफ्नै चिप डिजाईन गर्नु हो । अहिले बजारमा एम थ्री मोडलका नयाँ म्याकबुक पाईन्छन्, जसले एआईलाई थप छरितो रुपमा प्रोससिङ गर्न मद्दत गर्छ । बजारमा सफ्टवेयर प्रयोगकर्ता र निर्माता दुवैको पहिलो रोजाई बन्न कम्पनीले उक्त नीति अबलम्बन गरेको स्पष्ट छ । यसमा थप रुचिकर विषय के छ भने एप्पलले आईफोनमा पनि म्याककै चिपको प्रयोग गर्दैछ । त्यसले प्रयोगकर्तालाई आफ्ना डाटा सुरक्षणको प्रत्याभूति दिलाउन थप मद्दत पुग्नेछ ।
यसबाट के आँकलन गर्न सकिन्छ भने एप्पल वफेटको प्रिय कम्पनी हो । वफेटको झुकाव र एप्पलको प्रयासले निकट भविष्यमा नै एआईले अर्को फड्को मार्ने सम्भावना उच्च देखिन्छ । त्यसो भएको खण्डमा एप्पलको बजार वृद्धिदर दिन दुई गुणा रात चौगुणा हुने निश्चितै छ ।
प्रतिक्रिया