वर्तमान सरकार राष्ट्रघाती र बेइमान: अध्यक्ष ओली

बागलुङ बजारमा ८औं दिन आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश पोखे


बैंकिङ्ग समाचार, काठमाडौं ।

पुर्बप्रधन्मन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रघाती र बेइमान भएको बताए । ‘समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा ८औं दिन बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश पोखेका छन् ।

नेपालको चरम असफलतामा गैरजिम्मेवार सरकार र गठबन्धन भएको पनि ओलीको आरोप छ । ‘देशमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ,’ ओलीले भने, ‘यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ ।’ यही सरकार रहिरहे देश बर्बाद हुनेसमेत ओलीको भनाई छ ।

पुर्बप्रधन्मन्त्री ओलीले भने “राजनीतिबाट माथि उठेर विकासमा लाग्ने कार्यकर्ता र अन्य राजनीतिक शक्तिलाई आह्वान गरेका ओली भोलिपल्टै सत्ता गठबन्धन प्रति आक्रामक देखिएका हुन् । जहाँ–जहाँ सडक बनेका छैनन् त्यहाँ कांग्रेसले ठेक्का लिएको छ। सरकार त विकास गर्न नसक्ने लुते नै भयो । पोखरा विमानस्थल आफूले बनाएर छाडेको उल्लेख गर्दै उनले छिमेकीसँग डराएकाले सरकारले सञ्चालन गर्न नसकेको बताए । यो सरकार कम्फरटेबलवाला हो त्यसैले ऊ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन । न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।”

फरक प्रसंगमा ओलीले बैंकहरूले ब्याज बढाएर आम नेपालीलाई सास्ती दिएको उनको टिप्पणी थियो । चर्को ब्याज लगाएर जनतालाई मार्ने काम नगर । ऋणी र बचतकर्ता नभएसम्म बैंक बन्द हुने कुरा हेक्का राख्न सञ्चालकलाई चेतावनी दिए । उनले भने

मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताए । उक्त योजनाअनुसार मिसन–०८४ मार्फत एकल बहुमतको सरकार बनाएर देशलाई अगाडि बढाउने दाबी समेत गरे ।