मंसिर २७ गतेदेखि सर्वसाधारणलाई प्रिमियममा हिमालयन रिइन्स्योरेन्सको आईपीओ


हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । । कम्पनीले विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेर अब सर्वसाधारणका लागी शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।