नेप्सेमा एक अर्ब १४ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार साधार अंकको सुधार भएर बन्द भएको छ। आज नेप्से ३.३३ अंकले बढेर एक हजार ८ सय ४१ . ४ विन्दुमा बन्द भएको हो।

आज कारोबार रकम भने घटेको छ। एक अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएकामध्ये १२१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीको शेयरमूल्य घटेको छ भने १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

सिंगटी हाइड्रो इनर्जि लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। यी कम्पनीको शेयरमूल्य आज ९.१३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ। आज यस बैंकको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ र विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ६१६ रुपैयाँ पुगेको छ।