बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिना कात्तिकसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७३ करोड माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा ८ लाख ८८ हजार ८ सय ७४ वटा बीमा पोलिसी जारी गरेर १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
यस अवधिसम्म सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीले यस अवधिसम्ममा १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले यस अवधिसम्म १ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरले यस अवधिसम्म १ अर्ब २७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
चौथौमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ।
त्यस्तै,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १ अर्ब ५ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। युनाइटेड अजोड इन्स्योरेन्सले ८६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ८३ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सानिमा जीआइसी इन्स्योरेन्सले ७१ करोड ६७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७० करोड ६१ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ५८ करोड ९९ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५८ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।
त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले ४९ करोड ६१ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले ४३ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।



About Us
प्रतिक्रिया