नेप्सेमा ९.८७ अंकको वृद्धि, कारोबार रकम १ अर्ब ३४ करोड

नेप्सेमा ९.८७ अंकको वृद्धि, कारोबार रकम १ अर्ब ३४ करोड


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० बिहिबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ९.८७ अंकले बढेर एक हजार ८ सय ६० दशमलब २० विन्दुमा बन्द भएको हो । बुधबार नेप्से २०।६७ अंकले बढेर एक हजार ८ सय ५० दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएकामध्ये १९५ कम्पनीको शेयरमूल्य बढेको छ भने ४० कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९।९७ प्रतिशतले बढेको छ । साथै आज थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेड, सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शयरमूल्य पनि ८ प्रतिशत भनदा बढीले बढेको छ ।