सर्वोत्तम पेन्ट्सको ४२ हजार कित्ता शेयरको लकइन अवधि पुस १० गते सकिँदै


काठमाडौं – सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको ४२ लाख कित्ता शेयरको लकइन अवधि आगामी पुस १० गते सकिने भएको छ। कम्पनीको सामूहिक लगानी कोषका लागि छुट्याएको ४२ हजार ५०० कित्ता साधारण शेयरको लकइन अवधि पुस १० गते समाप्त हुने भएको हो। 

कम्पनीले सार्वजनिक निष्कासनमार्फत बाँडफाँट गरेको कुल शेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत शेयरको लकइन अवधि समाप्त हुन लागेको हो।

कम्पनीले सो शेयर गत असार ११ गते बाँडफाँट गरेको थियो। कम्पनीकाअनुसार शेयर बाँडफाँट भएको मितिले ६ महिना लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।