जापान पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने कमला सम्बाहाम्फे पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि जापान लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  झापाको मेचीनगर  कमला सम्बाहाम्फे (लिम्बु) रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको काठमाडौं महानगरपालिका– ३१ बाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।