काठमाडौं – नेपाल प्रहरीमा ६० जना प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले मङ्गलवार निर्णय गर्दै उनीहरूको सरुवा गरेको हो।
दिलीप कुमार गिरी साइबर ब्युरोबाट सरुवा भई जिल्ला कार्यालय मोरङमा पुगेका छन्, भने साइबर ब्युरोमा अंगुर जिसी आएका छन् । यस अघि उनी जिल्ला प्रहरी कार्यालय बाँकेमा थिए ।
कवित कटुवाल जिल्ला प्रहरी कार्यालय मोरङबाट सरुवा भई नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, काठमाडौंमा पुगेका छन्। दान बहादुर थापा केन्द्रीय अनुसन्धान ब्युरो बैंकिङ्ग कसुर अनुसन्धान शाखा लाजिम्पाट, काठमाडौंबाट जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा भएका छन् ।





About Us
प्रतिक्रिया