कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंकको आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ९ हजार २०० सय कित्ता शेयर बिकीमा ल्याएको हो।

बैंकले सो शेयर साविक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। बैंकको सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।