काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनी ग्लोबल आईएमई बैंकले आफ्नो नाममा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ मूल्यमा सो शेयर बिक्री गर्ने भएको हो।
कम्पनीले सो शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले कम्पनीले ३५ दिनको समय दिएर इच्छुक शेयरधनीबाट आवेदन माग गरेको हो।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको कित्ता र रकम खुलाएर आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ।
उक्त शेयर खरिद गर्न चाहाने इच्छुक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। यदी सो शेयरमा शेयरधनीबाट बिक्री हुन नसकेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।





About Us
प्रतिक्रिया