उपत्यकामा एक महिनामा ८१४ उजुरी दर्ता, ११ सय ६१ अभियुक्त पक्राउ


काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कात्तिक महिनामा ८१४ वटा उजुरी दर्ता भएका छन्। ती उजुरीका आधारमा प्रहरीले कुल ११ सय ६१ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार एक महिनाको अवधिमा अदालतको फैसला कार्यान्वयनतर्फ २७५ जना पक्राउ परेका छन्। उनीहरूबाट अदालतले तोकेको जरिवानाबापत ४ करोड ७२ लाख ४३ हजार रुपैयाँसमेत असुल गरिएको छ।