अस्ट्रेलिया र लिथुआनिया पठाइदिन्छु भन्दै ९ लाख ठग्ने दुई जना पक्राउ 


काठमाडौं –  बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाका माल्भिका रावल र ललितपुरका सन्तोष खड्का रहेका छन्। 

प्रहरीका अनुसार, रावलले अस्ट्रेलिया पठाइदिन्छु भन्दै ८ लाख ५० हजार र खड्काले लिथुआनिया पठाइदिन्छु भन्दै १ लाख ठगी गरेका थिए।

उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।