काठमाडौं – टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रा. लि. ले ‘अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई)’ कार्यक्रममार्फत नयाँ ‘अपाचे आरटीआर २०० ४भी यू.एस.डी.’ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ।टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरेका हुन्।
रिफाइन्ड इन्जिन र सहज प्रदर्शन रहेको यस मोटरसाइकलमा एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल–च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम जस्ता विशेषता समावेश छन्।
कार्यक्रममा टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले यी विशेषताले राइडरलाई उत्कृष्ट, सुरक्षित र प्रविधियुक्त राइडिङ अनुभव प्रदान गर्ने बताए। राइडरले आवश्यकता र सडकको अवस्थाअनुसार छनोट गर्न मिल्ने गरी मोटरसाइकलमा अर्बन, स्पोर्ट र रेन गरी तीन राइड मोड दिइएको छ। ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध यस मोटरसाइकलको नेपाली बजार मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ। यो मोटरसाइकल नेपालभरका टीभीएस शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।





About Us
प्रतिक्रिया