काठमाडौं – सिराहाको नगरपालिका – ७ स्थित ताज होटलमा जुवातास खेलिरहेको अवस्थामा अर्नमा गाउँपालिका – ८ रडिया टोल बस्ने ३५ वर्षीय राम कुमार यादव समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली १ लाख ७ हजार ७ सय १० रुपैयाँ, भारतीय १ हजार १ सय २० रुपैयाँ, १३ बुक र खुल्ला २ सय १४ पत्ति तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





About Us
प्रतिक्रिया