काठमाडौं – म्याग्दीको मालिका गाउँपालिका –०५ देवीस्थान पोन्थोकस्थित पोन्थोक खोलाको किनार क्षेत्रमा लुकाइछिपाई राखिएका ४ थान भरुवा बन्दुक बरामद गरिएको छ।
आज ११:३० बजेको समयमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा खोलाको किनार क्षेत्रमा लुकाइछिपाई राखिएको अवस्थामा चार थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो।
बरामद गरिएका चार थान भरुवा बन्दुकमध्ये दुई थान साबुत र दुई थान बेसाबुत रहेका छन्। उक्त बरामद गरिएका भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया