लामिछाने दम्पती साँझको अर्घ दिन गङ्गासागर छठघाटमा


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछाने जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठ घाटमा साँझको अर्घ दिन पुगेका छन्।

भाकलअनुसार छठ पर्व मनाउन जनकपुरधाम आएका सभापति लामिछाने दम्पती साँझको अर्घ दिन आज गङ्गासागरस्थित छठघाट पुगेका हुन्। लामिछाने दम्पती जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट प्रसादसहितको ढाकी बोकी छठघाट पुगेका थिए।

यसैबिच, छठ पर्वका अवसरमा हेलिकप्टरबाट गङ्गासागर पोखरीसहितका छठघाटमा पुष्पवृष्टि गरिएको थियो। छठ पर्वलाई लक्षित गरी धनुषा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।

Skip This