सिरहाबाट ६ लाख ८० हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद


काठमाडौं – सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गणबाट खटिएको मोटरसाइकल गस्ती टोलीले सिरहा नगरपालिका–१५, तप्सी क्षेत्रबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेका अवैध सामान बरामद गरेको छ।

गस्ती टोलीले टेन्टका कपडा, आतसबाजी (पटका), किराना सामान तथा उक्त सामान ओसारपसारमा प्रयोग गरिएको एक थान मोटरसाइकल बरामद गरेको हो।

बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ भने प्रचलित कानूनबमोजिम पटका नष्ट गर्ने प्रक्रिया समेत अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Skip This