लगातार घट्दै मूल्य

दुई दिनमा १४ हजार १ सय रुपैयाँले घट्यो सुन, तोलाको कति ?

'आज ताेलामा १५ सय रूपैयाँले घट्याे'


काठमाडौं – नेपाली बजारमा आज (आइतबार) पनि सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला १२ हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा एक हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आाइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला तीन हजार सात सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिोला एक सय रूपैयाँ घटेको हो।

Skip This