काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ


काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित एक होमस्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई नियन्त्रणमा लिएको छ। कात्तिक २६ गते बिहान करिब ५ बजे कुमार लामाले सञ्चालन गरेको कुशुम छ्याम्बा हाउस एण्ड होमस्टेमा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उक्त स्थानमा पुगेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा कौडा खेलिरहेको अवस्थामा ३७ जना फेला परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट नगद ५ लाख ७८ हजार ५ सय ५५ रुपैयाँ र १६ वटा कौडा समेत बरामद गरेको जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This