काठमाडौं – कैलालीबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ निवासी ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ निवासी ४७ वर्षीया सीता देवी चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–४ स्थित नयाँराम होटल नजिकै शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा चितुवाको छाला बरामद गरेको हो।
उनीहरूको साथबाट चितुवाको एक थान छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बरामद छालासहित उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरीले डिभिजन वन कार्यालय कैलालीमा बुझाएको छ।






About Us
प्रतिक्रिया