६ दिनपछि खुल्यो राष्ट्र बैंकको वेबसाइट


काठमाडौं – नेपाल राष्ट्र बैंकको वेबसाइट आजदेखि पुनः खुलेको छ । वेव प्रविधिमा समस्या देखिएपछि बन्द भएको वेबसाइट ६ दिनपछि खुलेको हो ।

राष्ट्र बैंकले कात्तिक ६ गतेदेखि वेबसाइट बन्द गरेको थियो । केन्द्रीय बैंकले वेब प्रविधिमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर राख्दै केन्द्रीय बैबैंकको वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको थियो ।

यस अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीका लागि बैंकले आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्दै आएको थियो ।