लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

‘तीन दिनमा ४ हजार ७ सय रुपैयाँले बढ्यो सुन’


काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला तीन हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।