दसैंको समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो


चितवन – बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको छ। गत वर्षको विजयादशमीको तुलनामा यस वर्ष दुर्घटना कमी आएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार यस वर्ष विजयादशमी अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म १२५ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको उनले जानकारी दिए। 

विसं २०८२ को दसैंमा बागमती प्रदेशका १० जिल्लामा सोही समयमा १३५ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए। उनका अनुसार सो वर्ष भएका दुर्घटनामा परी ३३२ जना घाइते भएका थिए । यस वर्षमा भएको दुर्घटनामा परी २९३ जना घाइते भएका छन्।

यस वर्ष चार्डपर्वको समयमा सिन्धुलीमा सुमो दुर्घटना हुँदा ठूलो क्षति भएको उनले जानकारी दिए। सो दुर्घटनामा परेका तीन जना अझै बेपत्ता छन्। यस वर्षको दसैँमा काभ्रेपलान्चोकमा बढी दुर्घटना भएको उनले बताए। सारुका अनुसार यस वर्षको दसैंको समयमा ९८ वटा दुर्घटना मोटरसाइकलका कारण भएको छ। ती दुर्घटनामा परी आठ जनाको ज्यान गएको छ। मोटरसाइकलबाट हुने दुर्घटनाको जोखिम बढ्दै गएको उनले बताए।