काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा हुँ भन्दै रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका वडा– ५ बस्ने अशोक कुमार बर्णवाल रहेका छन्।
बर्णवालले नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालको घुमुवा हुँ, मेरो राम्रो चिनजान छ, भन्सार छली चोरी तस्करीको सामानहरू सजिलै सेटिङ गराइ पास गर्न लगाइ दिन्छु, रकम नदिने व्यक्तिको सामानहरू पक्रिन लगाइ दिन्छु भनी रकम असुली तथा बिचौलियाको काम गर्ने गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बर्णवाललाई पर्साको पोखरिया नगरपालिका वडा– ५ बाट पक्राउ गरी अनुसन्धान कार्य भइरहेको छ।






About Us
प्रतिक्रिया