बैंकिङ्ग कसुर मुद्दामा २६ लाख जरिवाना तोकिएका तीन जना पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार ३ जना प्रतिवादीहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालय खटिएको प्रहरीले उनीहरूलाई पक्र्राउ गरेको हो। 

कास्की जिल्ला अदालतबाट बैंकिङ्ग कसुर मुद्दामा २ वर्ष ८ दिन कैद सजाय र २६ लाख ८७ हजार ६६० जरिवाना फैसला भई फरार रहेको उनीहरूलाई पक्राउ गरेको छ। 

उनीहरूलाई  पक्राउ गरी आवश्यक कारबाही लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।