कामना सेवा विकास बैंकको नाफा १७.०१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?


काठमाडौं – कामना सेवा विकास बैंकले आज चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा २३ करोड ११ लाख खुद नाफा कमाउन सफल भएको छ। समिक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा १६९९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकले ३३ करोड ८७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २८ करोड ४६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्ष तुलनामा सञ्चालन मुनाफा पनि १९.०२ प्रतिशतले बढेको छ। चालु वर्ष असोजसम्म बैंकको खुद ब्याज आम्दानी ६२ करोड ६४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६१ करोड ७६ लाख रुपैयाँ थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १५ करोड २१ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले चालु आर्थिक वर्षको असोजसम्म १५.५६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

गत आर्थिक वर्षको असोजसम्म बैंकले ६७ अर्ब ९० करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २० करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेको छ। यसले व्यापारमा बैंकले प्रगति गरिरहेको देखिन्छ। समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस बढेर २३.१३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षमा बैंकको ईपीएस २०.४६ रुपैयाँ थियो। बैंकको पीई रेसियो २०.५८ गुणा र प्रतिशेयर नेटवर्थ १६१.८४ रुपैयाँ रहेको छ। ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ३८ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ६७ अर्ब ९० करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।