मलेसिया पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने संजय सुवेदी र मधुमालती स्याङताङ पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया लैजाने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका संजय सुवेदी र चितवनकी मधुमालती स्याङताङ रहेका छन्। 

मलेसिया पठाइदिन्छु भन्दै सुवेदीले ७ लाख र  स्याङताङले २ लाख ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला काठमाडौंको कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।