सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने


काठमाडौं – सांगिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ५१० कित्ता शेयर बिक्रीमा ल्याएका हो।

बैंकले यस अघि सो शेयर संस्थापक शेयरधनीमा बिक्री खुला गर्दा उनीहरूबाट आवेदन नपरेपछि सो शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाले कार्तिक १५ गतेभित्र उक्त शेयरमा आवेदन दिन सक्नेछन्। शेयरमा आवेदन दिदा बैंकको केन्द्रीय बालुवाटार काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।