काठमाडौं – पर्साको वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले विभिन्न प्रकारका औषधि बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल बीओपी ड्राईपोर्टबाट खटिएको पैदल गस्ती टोलीले सीमावर्ती क्षेत्रको धान खेतमा बेवारिसे अवस्थामा रहेका औषधि फेला पारेको हो।
बरामद गरिएका विभिन्न प्रकारका औषधिको अनुमानित मूल्य ७ लाख ७६ हजार ८ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद औषधिलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाएको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया