काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङमा असोज महिनामा १९६ वटा उजुरी दर्ता भएको छ। जसमा आर्थिक अपराधका मात्रै ३४ वटा रहेका छन्।
जिल्लामा यस महिनामा बैंकिङ्ग कसुरका ३० वटा उजुरी परेको छ। साथै, ठगीसम्बन्धी कसुरमा ४ वटा मुद्दा दर्ता भएको छ। जिल्लामा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा १ वटा उजुरी दर्ता भएको छ।
प्रहरीका अनुसार, असोजमा २०८ जना अभियुक्त पक्राउ परेका छन्। जसमा फरार १०२ जना पक्राउ परेका छन्। उनीहरूको कैद अवधि २२ वर्ष ४ महिना ९ दिन पुगेको छ भने जरिवाना रकम ११ लाख ७५ हजार ५१५ पुगेको छ।







About Us
प्रतिक्रिया