नेप्सेमा सूचीकृत २९० मध्ये ६९ वटाले मात्रै दिए दसैं मान्न लगानीकर्तालाई लाभांश

बैंकले मानेनन् गर्भनरको निर्देशन, ७६ प्रतिशत कम्पनीले कहिले दिन्छन् ?


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत २९० कम्पनीहरूमध्ये दसैंअघि जम्मा ६९ कम्पनीले शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्। गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट दसैँअघि सूचिकृत ६९ कम्पनीहरूले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्। नेप्सेको तथ्यांंक अनुसार हालसम्म वाणिज्य बैंकतर्फ ९, विकास बैंकतर्फ ५ बैंकहरूले लाभांश घोषणा गरेका छन्। त्यस्तै, होटेल एन्ड टुरिजम र लगानीतर्फ १/१ कम्पनीले लाभांश घोषणा गरेका छन्। २ फाइनान्स, १९ हाइड्रोपावर, ४ लघुवित्त र २ उत्पादन तथा प्रशोधन कम्पनीले लाभांश घोषणा गरेका छन्। यसबाहेक, सबैभन्दा धेरै म्यचुअल फन्डले घोषणा गरेका छन्। हालसम्म २६ म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन्।

९ बैंकका लगानीकर्तालाई लाभांश

दशैंअघि वाणिज्यतर्फ ९ बैंकले लाभांश घोषणा गरेका छन्। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट दसैँ भन्दाअघि ९ बैंकहरूले प्रतिफल घोषणा गरेका हुन्। जसमा नबिल बैंकले शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत प्रतिफल घोषणा गरेको छ। बैंकले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश घोषणा गरेको हो।

त्यस्तै, एभरेष्ट बैंकले ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश घोषणा गरेको छ। यता सानिमा बैंकले १० प्रतिशत प्रतिफल घोषणा गरेको छ। ग्लोबल आइएमई बैंकले ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत प्रतिफल घोषणा गरेको छ। त्यसैगरी, सिद्धार्थ बैंकले २० प्रतिशत, कुमारी बैंकले २.१० प्रतिशत, सिटिजन्स बैंकले ४ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश र एनएमबि बैंकले ७ प्रतिशत नगद प्रतिफल घोषणा गरेको छ।

पाँच विकास बैंकको लाभांश

हालसम्म विकास बैंक अन्तर्गतका पाँच बैंकहरूले शेयरधनीलाई प्रतिफल घोषणा गरेका छन्। शाइन रेसुङगा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै, कामना सेवा विकास बैंकले १५ प्रतिशतका दरले नगद लाभांश घोषणा गरेको छ। सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत, गरिमा विकास बैंकले २० प्रतिशत र मितेरी डेभलपमेन्टले ११ प्रतिशत लाभांश घोषणा गरेका छन्।

१९ हाइड्रोपावरले दिए प्रतिफल

हालसम्म हाइड्रोपावर क्षेत्र अन्तर्गतका १९ कम्पनीहरूले लाभांश घोषणा गरेका छन्। जसमा सुपर मादीले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। त्यस्तै, माण्डु हाइड्रोपावरले १२ प्रतिशत, यूनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले ५ प्रतिशत लाभांश घोषणा गरेका हुन्।

त्यसैगरी, विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश, मिड सोलु र र सुपर म्यादीले शेयरधनीहरूलाई समान १५.७८/१५.७८ प्रतिशत लाभांश घोषणा गरेका छन्। सानिमा मिडिल तमोरले ५.२६ प्रतिशत, साप्सु कालिका हाइड्रोपावरले ५ प्रतिशत, आशुतोष इनर्जीले १८.९५ प्रतिशत प्रतिफल घोषणा गरेका छन्।

यसैगरी, कावेली हाइड्रोपावरले १६.३२ प्रतिशत, हिलटन हाइड्रो इनर्जीले २० प्रतिशत, स्नो रिभर्सले १०.५२ प्रतिशत लाभांश घोषणा गरेका छन् भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले ५.२६ प्रतिशत, रिज लाइन इनर्जीले १०.५३ प्रतिशत, सिक्लेस हाइड्रोपावरले १२.७० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोले १८.९४ प्रतिशत, वरुण हाइड्रोपावरले ५ प्रतिशत प्रतिफल घोषणा गरेका छन्। त्यसैगरी, माउन्टेन इनर्जीले २१ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्टले ५.२६ प्रतिशत घोषणा गरेका छन्।

२६ वटा म्युचुअल फन्डको लाभांश
दसैं अघि २६ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। हालसम्म सनराइज फोकस इक्विटी फण्डले ४.५ प्रतिशत, प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले १२ प्रतिशतका दरले लाभांश घोषणा गरेको छन्। त्यस्तै, सानिमा ग्रोथ फण्डले ५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र एमबीएल इक्विटी फण्डका लगानीकर्ताले ८÷८ प्रतिशतका दरले लाभांश घोषणा गरेका छन्।

सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम–३, एनएमबी सुलभ इन्भेष्मेन्ट फण्ड–२, कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना गरी चार वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीलाई १०÷१० प्रतिशतका दरले लाभांश घोषणा गरेका छन्। त्यस्तै कुमारी सबल योजनाको २.९० प्रतिशत, एनएमबि सरल बचत फण्ड इ को ५.२५ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाको १०.५ प्रतिशत र सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाईधनीहरूलाई ३ प्रतिशतका दरले लाभांश घोषणा गरेको छ।

त्यसैगरी, एनएमबि फिप्टीले ३.१५ प्रतिशत, एनएमबि हाइब्रिड एल–२ ले ४.५ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै, मुक्तिनाथ म्युचुअल फण्ड–१ ले इकाईधनीलाई २.२० प्रतिशत लाभांश घोषणा गरेको हो। त्यस्तै, क्रमशः ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को १२ प्रतिशत, हिमालयन ८०–२० को १५ प्रतिशत, एनएमबि सरल बचत फण्ड इ र सिटिजन्स सुपर ३० म्यूचुअल फण्डको ५.२५ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यसैगरी रिलायबल समृद्धि योजनाको ८.४२ प्रतिशत, नबिल ब्यालेन्सड फण्ड २ को ३.५ प्रतिशत, नबिल ब्यालेन्सड फण्ड ३ को २.५ प्रतिशत, आरविवि म्युचुअल फण्ड १ को २.७५ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ ले इकाइधनीहरू ६ प्रतिशतका दरले प्रतिफल घोषणा गरेका हुन्।
हालसम्म हाइड्रोपावर क्षेत्र अन्तर्गतका १९ कम्पनीहरूले लाभांश घोषणा गरेका छन्। जसमा सुपर मादीले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। त्यस्तै, माण्डु हाइड्रोपावरले १२ प्रतिशत, यूनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले ५ प्रतिशत लाभांश घोषणा गरेका हुन्।

त्यसैगरी, विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश, मिड सोलु र र सुपर म्यादीले शेयरधनीहरूलाई समान १५.७८/१५.७८ प्रतिशत लाभांश घोषणा गरेका छन्। सानिमा मिडिल तमोरले ५.२६ प्रतिशत, साप्सु कालिका हाइड्रोपावरले ५ प्रतिशत, आशुतोष इनर्जीले १८.९५ प्रतिशत प्रतिफल घोषणा गरेका छन्।

यसैगरी, कावेली हाइड्रोपावरले १६.३२ प्रतिशत, हिलटन हाइड्रो इनर्जीले २० प्रतिशत, स्नो रिभर्सले १०.५२ प्रतिशत लाभांश घोषणा गरेका छन् भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले ५.२६ प्रतिशत, रिज लाइन इनर्जीले १०.५३ प्रतिशत, सिक्लेस हाइड्रोपावरले १२.७० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोले १८.९४ प्रतिशत, वरुण हाइड्रोपावरले ५ प्रतिशत प्रतिफल घोषणा गरेका छन्। त्यसैगरी, माउन्टेन इनर्जीले २१ प्रतिशत र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टले ५.२६ प्रतिशत घोषणा गरेका छन्।

लघुवित्ततर्फ कति ?
त्यस्तै लघुवित्त तर्फ ग्लोबल आइएमई लघुवित्तले बोनस शेयर ६ प्रतिशत र नगद लाभांश ३.५ प्रतिशत घोषणा गरेको छन् भने गुरास लघुवित्तले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत घोषणा गरेका छन्। त्यस्तै, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले ११.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यता स्वाभिमान लघुवित्तले भने यो वर्ष शेयरधनीको हात खाली बनाएको छ। कम्पनीले आर्थिक वर्ष २०८१÷८२ मा पनि शेयरधनीलाई प्रतिफल दिएको थिएन।

उत्पादनमूलक र फाइनान्सतर्फ यस्तो छ
दसैंअघि उत्पादन तथा प्रशोधनतर्फ रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। त्यस्तै, सर्वाेत्तम पेन्टस् इन्डष्ट्रिजले १० प्रतिशत प्रतिफल घोषणा गरेको छ। यसबाहेक, फाइनान्सतर्फ आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने मञ्जुश्री फाइनान्सले २० प्रतिशत प्रतिफल घोषणा गरेको छ। साथै, लगानी क्षेत्र अन्तर्गत नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यसैगरी, होटल एण्ड टुरिजम क्षेत्रअन्तर्गत कालिञ्चोक दर्शनले ८.५ प्रतिशत बोनस शेयर र नगद लाभांश ०.४४ प्रतिशतका दरले घोषणा गरेका छन्।