काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट सुरु हुने गरी १० दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कँडेलले जानकारी दिए।
९ गतेबाट उजुरी दिन सुरु भएपछि १९ गतेसम्म दिन सकिनेछ। समिति सभापति बोधनारायण श्रेष्ठले न्याय परिषद्को पत्राचार अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बैठकपछि जानकारी दिएका थिए।
परिषद्को असोज २० गतेको बैठकले सर्वोच्चमा चार न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो।







About Us
प्रतिक्रिया