काठमाडौं– नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। सोमबार तोलामा दुई हजार एक सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ घटेको हो।






About Us
प्रतिक्रिया