रौतहटबाट हुण्डी रकम १ लाखसहित शेराज अलि पक्राउ


काठमाडौं – रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका शेराज अलि रहेका छन् । 

रौतहटको गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार अलिलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो । 

प्रहरीले उनको साथबाट नेपाली रुपैयाँ १ लाख १६ हजार ५०० र भारतीय रुपैयाँ १ लाख फेला परेको हो । शेराज अलिलाई हुण्डीसम्बन्धी कसुरमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।