काठमाडौं – अर्थ मन्त्रालयले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारको सम्भाव्यता अध्ययन राष्ट्रिय योजना आयोगका पूर्व सल्लाहकार डा. सञ्जय आचार्यको संयोजकत्वमा एक समिति गठन गरेको छ । उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिले सो समिति गठन गरेको हो ।
सो समितिले ग्रामीण क्षेत्रमा एकद्वार वित्तीय सेवा दिने विषयमा समितिले अध्ययन गर्नेछ । यस्तै, समितिले ग्रामीण तथा वित्तीय पहुँचको वर्तमान अवस्था अध्ययन गरी बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार गर्न सकिने उपायबारे सुझाव दिनेछ। समितिले विद्यमान वित्तीय सेवाको अवस्था, सेवाग्राहीको आवश्यकता, भौगोलिक चुनौती तथा प्रविधिको प्रयोगमार्फत वित्तीय सेवा विस्तारको सम्भावनाबारे अध्ययन गर्नेछ।
समितिको संयोजकमा डा. आचार्य छन् भने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका सहसचिव महेश आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य तथा विज्ञ सदस्यमा मौसमी श्रेष्ठ रहेकी छिन् ।






About Us
प्रतिक्रिया