सुन र चाँदीका गहना चोरी गर्ने मकवानपुरका राजन सुनार पक्राउ


काठमाडौं – ललितपुरको ललितपुर महानगरपालिका– १४ ताल्छिखेल स्थित रोशन विश्वकर्माले सञ्चालन गरेको सुनचाँदीको गरगहना बनाउने ठाउँबाट सुन र चाँदीका गहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका राजन सुनार रहेका छन्। 

उनले सुनको एक तोला चौरानब्बे लालको मूल्य २ लाख ९१ हजार र चाँदीको एक तोला एकानब्बे लाल मिसाएको ब्रासलेट चोरी गरी फरार भएका थिए। उनलाई काठमाडौंको मित्रनगर स्थितबाट चोरी गरेको सुनचाँदी मिसिएको ब्रासलेटसहित पक्राउ गरेको हो। 

उनलाई पक्राउ गरी चोरीसम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।