हिमालयन उर्जा विकास कम्पनीले बोलायो २६ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – हिमालय ऊर्जा विकास कम्पनीले कार्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असोज १८ गते बसेको १३४ औँ बैठकले कार्तिक १६ गते २६ औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो।

सो सभा काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको अर्पण बैंक्वेट बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीका अध्यक्षले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव सभामा पेस हुनेछ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ। सो साधारण सभा प्रयोजनको लागी कम्पनीको शेयरधनी दर्ता किताब (बुक क्लोज) असोज २८ गते गर्ने निर्णय गरेको छ।

जसकोअर्थ असोज २७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार गरी नामसारीमा आएका शेयरधनीहरु मात्र सभामा भाग लिन तथा मतदानका लागि योग्य हुनेछन्।