लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – लुम्बिनी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको १ हजार ८०३ कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दि भित्र आवेदन दिन सक्नेछन्।