पोखराको शिशुवा शाखा तालचोकमा सार्दै नेपाल एसबीआई बैंक


काठमाडौं – नेपाल एसबीआई बैंकले पोखरा महानगरपालिका–२९, भण्डारढीक सैनिकबस्तीमा सञ्चालन हुँदै आएको शिशुवा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ। बैंकले शिशुवा शाखा यही असोज २६ गतेदेखि पोखरा महानगरपालिका–२७, तालचोकमा स्थानान्तरण गर्न लागेको हो । 

स्थानान्तरणपछि शिशुवा शाखाबाट प्रदान गरिने बैंकिङ सेवा तथा कारोबार तालचोकस्थित नयाँ कार्यालयबाट सञ्चालन हुने बैंकले जनाएको छ। शाखा सार्दा ग्राहकलाई पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना समेत गरेको छ।