काठमाडौं – वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । बैंकहरुले असोज महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोजका लागि ४.०९ प्रतिशत कायम भएको छ। भदौ महिनामा यस्तो ब्याजदर ४.१३ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर घटेर ३.०७ प्रतिशतमा कायम भएको छ । भदौ महिनामा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.०८ प्रतिशत थियो ।
असोजका लागि चार बैंकले ब्याजदर घटाउँदा १६ वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकहरुमा एभरेस्ट बैंकले ३.५ प्रतिशत, कुमारी बैंकले ३.७३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७५ प्रतिशत र नबिल बैंकले ४.२५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
यस्तै, नेपाल बैंकले ४.१५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत , नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत, लक्ष्मी सनराइज बैंक ४ प्रतिशत, ग्लोबल आईएमई बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, सिटिजन्स बैंकले ३.८५ प्रतिशत, सिद्धार्थ बैंकले ३.७६ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत, एनएमबी बैंकले ४.५० प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, सानिमा बैंकले ४.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत र एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याजदर दिनेछन् ।






About Us
प्रतिक्रिया