काठमाडौं – एनएमबी बैंकले २४ हजार बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको कुल २४ हजार १५५ कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले सो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनी सचिव कार्यालय बबरमहलमा आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया