काठमाडौं – देशको अग्रणी वाणिज्य बैंक नबिल बैंकले ‘बुबाको मुख हेर्ने दिन’(कुशे औंसी) को अवसर पारेर आफ्ना आधिकारिक सामाजिक सञ्जालहरूमार्फत एक भावनात्मक डिजिटल भिडियो सार्वजनिक गरेको छ। बैंकले आफ्ना ग्राहकहरूसँगको भावनात्मक सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली समाजमा रहेको पारिवारिक मूल्य मान्यतालाई सम्मान व्यक्त गर्ने उद्देश्यले उक्त सामाग्री प्रस्तुत गरेको हो।
सार्वजनिक गरिएको छोटो भिडियोमा सन्तानका सपना पूरा गर्न बुबाले गर्ने अहोरात्रको संघर्ष, त्याग र अनवरत अभिभावकत्वको भूमिकालाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ। भिडियोले बुबालाई एउटा पारिवारिक नातामा मात्र सीमित नराखी जीवनको हरेक आरोह अवरोहमा साथ दिने ‘जीवनभरको भरोसा’का रूपमा चित्रण गरेको छ।
वित्तीय क्षेत्रमा बैंक र ग्राहकबीचको मुख्य मेरुदण्ड ‘विश्वास’ मानिएझैँ, जीवनको यात्रामा बुबाको उपस्थितिलाई पनि उत्तिकै भरपर्दो खम्बाका रूपमा देखाउँदै बैंकले आफ्नो मूल नारा ‘टुगेदर अहेड अलवेज’लाई अप्रत्यक्ष रूपमा जोडेको छ। कुनै ठोस व्यापारिक वा बैंकिङ्ग प्रवर्द्धनात्मक अफर विना नै ल्याइएको यस प्रकारको सामाग्रीले बैंकको सामाजिक छवि र ग्राहकसँगको डिजिटल संलग्नतालाई थप मजबुत बनाउन सहयोग पुग्ने देखिन्छ।






About Us
प्रतिक्रिया