महालक्ष्मी विकास बैंक आइएसओ 9001:2015 बाट तेस्रो पटक प्रमाणित


काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त आइएसओ  9001:2015 बाट तेस्रो पटक प्रमाणित भएको छ।

गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्दै आएको बैंकले पुनः उक्त प्रमाणपत्र प्राप्त गरेको हो। बैंकले ‘विकास बैंकिङ्गसम्बन्धी गतिविधिहरू सञ्चालन’अन्तर्गत आइएसओ 9001:2015 प्रमाणपत्र प्राप्त गरेको जनाए।

आइएसओ  प्रमाणपत्रका लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत परीक्षण तथा अडिट गरिएको थियो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्दै ग्राहक सन्तुष्टि र सेवाको निरन्तर सुधारलाई प्राथमिकता दिने संस्थालाई यस्तो प्रमाणपत्र प्रदान गरिन्छ।

बैंकले आइएसओ  9001:2015 प्रमाणपत्रले आफ्नो गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली र ग्राहक सेवाप्रतिको प्रतिबद्धता थप मजबुत भएको जनाएको छ। महालक्ष्मी विकास बैंकले ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ लामो समयदेखि वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकको आधिकारिक विवरणअनुसार हालआइएसओ  रहेका छन्।