असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड २ निष्काशन गर्दै मुक्तिनाथ क्यापिटल


काठमाडौं – मुक्तिनाथ क्यापिटल लिमिटेडले भदौ १७ गतेदेखि नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘मुक्तिनाथ म्युचुअल फन्ड–२’ का इकाइ निष्कासन गर्ने भएको छ।

मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने उक्त योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन गर्न लागेको हो।

कुल निष्कासनमध्ये १ करोड ५० लाख इकाइ योजना प्रवर्द्धक मुक्तिनाथ विकास बैंकका लागि छुट्याइएको छ भने २० लाख इकाइ योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि आरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

इकाइ खरिदका लागि लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने प्रारम्भिक अन्तिम मिति भदौ २२ गते तोकिएको छ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि बढीमा भदौ ३० गतेसम्म खुला रहनेछ।

‘मुक्तिनाथ म्युचुअल फन्ड–२’ को अवधि १० वर्षको हुनेछ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुक्तिनाथ क्यापिटललाई उक्त योजना सञ्चालनका लागि भदौ १० गते अनुमति दिएको थियो। मुक्तिनाथ क्यापिटल लिमिटेडले यस योजनामार्फत सर्वसाधारणबाट ८५ करोड रुपैयाँ बराबरको रकम संकलन गर्नेछ।