काठमाडौं -भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले ब्रोकर कम्पनीलाई इन्भेष्टमेन्ट बैंकिङको दायरामा ल्याएर एकीकृत सेवा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को पहिलो सत्र ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशनः द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ मा बोल्दै तिमिल्सिनाले नेपालमा हाल ९० वटा ब्रोकर र दुईवटा डिलर रहेको जानकारी दिए।
उनका अनुसार ब्रोकर कम्पनीहरूले ३ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् भने करिब ८० लाख लगानीकर्तालाई सेवा प्रदान गरिरहेका छन्। तिमिल्सिनाले विगतमा ब्रोकरको भूमिका लगानीकर्ताले दिएको आदेश कार्यान्वयन गर्नेमा सीमित रहेको बताए। तर, पछिल्लो समय नियम परिवर्तनसँगै लगानीकर्ताको वर्गीकरण, मार्जिन लेन्डिङ, टीएमएस तथा आफ्नै विन्डोबाट शेयर खरिद गर्न पाउनेलगायतका अधिकार ब्रोकरलाई प्राप्त भएको उनले उल्लेख गरे।
ब्रोकर कम्पनीलाई इन्भेष्टमेन्ट बैंकिङ्गकाे दायरामा ल्याएर सेवा एकीकृत गर्न सकिने बताउँदै तिमिल्सिनाले मार्केट बैंकरको जिम्मेवारीसमेत दिनुपर्ने धारणा राखे।






About Us
प्रतिक्रिया