क्यापिटल मार्केट डिस्कोर्शको अन्तिम तयारी पूरा, बैंकिङ्ग समाचारबाट प्रत्यक्ष प्रसारण हुने


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको सम्पूर्ण तयारी सक्किएको छ। भोलि हुने पहिलो नेपाल क्यापिटल मार्केट डिस्कोर्शको सम्पूर्ण तयारी पूरा भएको हो।

बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलकाअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टले उद्घाटन गर्नेछन्। उनकाअनुसार डिस्कोर्शमा उद्घाटन सत्रसहित ४ वटा सत्र सञ्चालन हुनेछ। कार्यक्रम बैंकिङ्ग समाचारका सम्पूर्ण सामाजिक सञ्जालका प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण हुनेछ।

नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित आयोजित डिस्कोर्शमा बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ। पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो।

क्यापिटल मार्केट डिस्कोर्श यही भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। यस्तै, डिस्कोर्शमा बोर्डका अध्यक्ष डा. भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।