काठमाडौं – हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षमा बैंकले १ अर्ब बढी नाफा कमाएको छ । बैंकले गत वर्षमा १ अर्ब ४८ करोड नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १२ करोड ९७ लाख नाफा कमाएको थियो ।
बैंकको ब्याज आम्दानीमा भने गिरावट आएको छ । गत वर्षमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ४५ करोड खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६ करोड, कुल सञ्चालन आम्दानी ११ अर्ब १६ करोड र सञ्चालन नाफा २ अर्ब ६२ करोड रहेको छ । नाफामा उल्लेखनीय सुधार आउँदा पनि बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड ऋणात्मक देखिएको छ ।
हाल बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड रहेको छ भने जगेडा कोषमा २६ अर्ब ८० करोड रहेको छ । बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ । अघिल्लो वर्ष ०.६० रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष बढेर ६.५६ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ७.९७ प्रतिशतबाट घटेर ७.९६ प्रतिशतमा कायम भएको छ ।







About Us
प्रतिक्रिया