काठमाडौं – सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२र८३ को वित्तीय विवरणमा सुधार गरेको छ । गत आर्थिक वर्षमा बैंकको नाफा बढेको छ । बैंकले गत वर्ष २ अर्ब ९ करोड ८६ लाख नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २८ करोड ७१ लाख नाफा कमाएको थियो ।
बैंकको नाफामा उल्लेख्य सुधार हुँदा प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। अघिल्लो वर्ष ८.६८ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी बढेर १३.५३ रुपैयाँ पुगेको छ।
बैंकको कुल वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ८ रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ ।
गत वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी बढेको छ भने अन्य सञ्चालन आम्दानीमा पनि सुधार आएको छ । एक वर्षमा बैंकले २ खर्ब ३७ अर्ब ५१ करोड निक्षेप संकलन गरेर १ खर्ब ७० अर्ब १४ करोड कर्जा लगानी गरेको छ । गत वर्षको अन्त्यसम्ममा बैंकको कुल सम्पत्ति पनि २ खर्ब ६८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।







About Us
प्रतिक्रिया